Headlines

छनौट योजना विवरण


यस कार्यक्रमको क्षेत्र २ अन्तर्गत लगानी हुने गरी नगरपालिकाका सम्बद्ध सरोकारवालाहरुबाट सर्वसम्मत रुपमा छनौट गरिएका योजनाहरुको संक्षिप्त विवरण यस प्रकार छ ।
लेखनाथ नगरपालिका क्षेत्रको सडक सुधार
यस अन्तरगत विद्यमान सडकहरुमा पीच तथा ढलान गर्नेे र आवश्यक स्थानहरुमा कलभर्ट,नाली आदि व्यवस्था गरिने छ । सडकहरुको सुधारपछि लेखनाथ नगरपालिकाका शहरी तथा ग्रामीण बस्तीहरु र यससित जोडिएका ग्रामीण बस्तीहरु पनि प्रत्यक्ष लाभान्वित हुनेछन् नगरपालिकाको ग्रामीण भेगका नगरवासीहरुलाई बजार क्षेत्र, नगरपालिका कार्यालय तथा अन्य विषयगत कार्यालयहरु सम्मको पहुँचमा सहज बनाउने, गन्तव्य सम्म पुग्नको लागि यातायात खर्च न्यून पार्ने, सवारी संचालनको लागत कम गर्ने र ग्रामीण र शहरी क्षेत्रबीच अन्तरसम्बन्ध सुदृढ गर्र्नेे उद्देश्यहरु यस कार्यको रहेको छ । गाउँ र शहरबीचको सडक सञ्जाल सुधारले स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्नेछ ।
सडक सुविधा मार्फत नगरका ग्रामीण बासिन्दाहरुको आर्थिक उपार्जनमा पनि टेवा पुग्नेछ ।सुधारका लागि कूल ८.०५ कि.मी.मा निम्नानुसारका सडक खण्डहरु प्रस्ताव गरिएको छ ।यस कार्यको कुल लागत रु. १५ करोड ३ लाख रहेको छ ।
  • आयल निगम देखि रिठे पानी सम्म
  • दहार नं ३, दहार नं ४
  • वडा सेवा केन्द्र देखि देउराली खोला
  • बुद्ध टोल देखि डाडाँपारी सम्म
  • युनिभर्सल चोक देखि खोलाको छेउ
 मन्दरे पार्क र बराह क्षेत्रको सुधार
वातावरणीय स्वच्छता प्रदान गर्ने, प्रस्तावित स्थलहरुको प्राकृतिक सौन्दर्यता जगेर्ना तथा अभिबृद्धि गर्ने र स्थानीय जनता तथा पर्यटकलाई मनोरन्जनात्मक लाभ पुयाउन यी सुधार कार्यहरुले सहयोग गर्नेछन् । मन्दरे पार्कको सुधारले विशेषतः स्थानिय बासिन्दा र पर्यटकहरुलाई बेगनास तालमा डुङ्गा खियाउन जानका लागि उदगम् स्थलको अनुभूति दिनेछ भने बराह क्षेत्रको सुधारले धार्मिक महत्वको उक्त स्थलको पहिचान अभिबृद्धिका साथै त्यस स्थलमा आउनेहरुका लागि नजिकबाट प्राकृतिक सौन्दर्यताको आनन्द प्राप्तिमा टेवा पुयाउने छ । यी दुवै उपयोजनाहरुले ती स्थलहरुको बिकास गरी त्यहाँका बासिन्दाहरुको आर्थिक सवलीकरणमा समेत मद्दत पुयाउने आशा गरिएको छ । उपआयोजनामा खासगरी फुटपाथ,ल्याण्डस्केपिङ्ग, खुड्किलाहरु, बिश्राम गर्न र पिकनिक गर्न सेडहरु, वाईफाई, पसल, शौचालय, बत्ती आदिको निर्माण तथा प्रवन्ध गरिने छ ।

योजनाको कूल लागत ऋण तथा अनुदान
रकम रु दश लाखमा
योजनाको विवरण योजनाको नाम
बराह मन्दरे पार्क सडक
लागत रकम (रु.) ११.७४ ५.७६ १५०.३४
अनुदान रकम (रु.) ९.३९ ४.६० ९०.२०
ऋण रकम (रु.) १.१७ ०.५८ ४५.१०
समपूरक कोष रकम (रु.) १.१७ ०.५८ १५.०३
भुक्तानी अवधि(बर्ष) २० २० २०
सहुलियत अवधि (बर्ष)
व्याज दर (%)
वार्षिक किस्ता रकम(रु)सहुलियत अवधि लिएमा यो रकम फरक पर्न जान्छ ०.११ ०.०५ ४.२७
कार्यान्वयन अवधि (महिना) १५ १५ १५