Headlines

पृष्ठभूमि

नेपालमा शहरीकरणसँगै ठूला शहरहरू, पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिण कोरीडोरमा बसाईं सराइको क्रम बढ्दो छ । राष्ट्रिय योजना आयोगका अनुसार आगामी दश वर्षमा कूल जनसंख्याको एक तिहाई मानिसहरु शहरमा बसोबास गर्नेछन् । बढ्दो शहरी गतिविधिका साथसाथ कूल गार्हस्थ्य उत्पादनमा शहरी क्षेत्रको योगदान ६५ प्रतिशत भएको र प्रतिव्यक्ति औसत उत्पादन ४.६ गुणाले बढेको देखिन्छ । शहरी केन्द्रहरुमा भौतिक र सामाजिक संरचना, बसोबास,सेवा र सुविधामा उच्च लगानीको आवश्यकता थपिएका छन् । शहरीकरणले जनजाती, दलित, महिला र पुरुष बीचको सामाजिक सम्बन्ध परिवर्तन गर्नमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । यस पृष्ठभूमिमा शहरीकरण, आर्थिक विकास,लोकतान्त्रिक र समावेशी स्थानीय सुशासन पद्धतिको संस्थागत विकासमा सघाउन नेपाल सरकार, शहरी विकास मन्त्रालय, विश्वबैंक र जी.आई.जेड्.का बीचमा सहकार्य गर्ने सहमति भए अनुरुप नेपालका ६ नगरपालिकाहरुमा (लेखनाथ, धनकुटा, मेचीनगर, तानसेन, बागलुङ्ग र इटहरी) ‘शहरी शासकीय क्षमता तथा विकास कार्यक्रम’ संचालन भएको छ । यो कार्यक्रम सन् २०११ अक्टोवर २ देखि २०१६ जुलाई ३१ सम्म रहने छ । यस कार्यक्रममा सहयोग गर्न SUNAG (MoFALD-GIZ ) ले जी.एफ.ए. परामर्शदाता समूहलाई नगरपालिका सहयोग समूह (MST) को रुपमा कार्य गर्न जिम्मेवारी दिएको छ ।