नगरपालिकाहरुले प्राप्त गर्ने एकमुष्ट अनुदानको प्रभावकारी उपयोग गर्नु यस क्षेत्रको उद्देश्य रहेको छ । न्यूनतम सेवा सुविधाहरूको स्तरवृद्धि, मर्मत सम्भार र तत्काल गर्नुपर्ने शहरी व्यवस्थापनका कामहरू यथाशीघ्र संचालन गरी छोटो समयमै नगरवासीहरूलाई यस कार्यक्रमको अनुभूति दिन यो अनुदान रकम खर्च गरिने छ । यस क्षेत्र अन्तर्गत प्राप्त हुने रकम शत प्रतिशत अनुदान हुनेछ भने नगरपालिकाहरुले आयोजना अवधिभर हरेक वर्ष यो रकम प्राप्त गर्नेछन् । यसको परिचालन, समन्वय तथा अनुगमन शहरी विकास मन्त्रालय मार्पmत हुनेछ । यस क्षेत्र अन्तर्गत प्राप्त हुने अनुदान स्थानीय निकायहरूका लागि जारी गरिएको स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि,एकमुष्ट अनुदान संचालन निर्देशिका तथा यस कार्यक्रमका लागि तयार गरिएको परियोजना कार्यान्वयन कार्यविधिमा तोकिए बमोजिम खर्च गर्नुपर्ने हुन्छ । यस क्षेत्र अन्तर्गत विगत दुई आर्थिक वर्षमा (आ.व. ०६८/६९ र ०६९/७०) यस नगरपालिकामा सडक, सतह ढल, खानेपानी,सुधार तथा निर्माण, महिला, वालवालिका तथा विपन्न समुदाय लक्षित कार्यक्रमहरु,तालिम, आदि कार्यक्रमहरुमा कूल १,८५,६४,००० लगानी भएको छ ।
क्षेत्र २. नगर स्तरीय पूर्वाधार विकासका लागि क्षमता विकास
नगरपालिकाहरुमा पुर्वाधारहरूको निर्माण तथा पुनःस्थापना गर्नु यस क्षेत्रको उद्देश्य रहेको छ, जस अनुसार नगरपालिकाहरुले भौतिक पूर्वाधारहरूको निर्माण, विस्तार, पुनःस्थापना,मर्मत सम्भार तथा सुधार र आय आर्जन जस्ता गतिविधिहरूका लागि भौतिक निर्माण (पसल कवल, बसपार्क, आदि) जस्ता आयोजना संचालन गरी नगरवासीहरूलाई सुविधा प्रदान गर्न तथा नगरपालिकाको आन्तरिक आय समेत वृद्धि गर्न सक्नेछन् । यस परियोजनाबाट लगानी गर्न सकिने योजनाहरुलाई तीन किसिममा वर्गिकरण गरिएको छ । योजनाको प्रकृति अनुसार अनुदान तथा ऋणको भार एवम् ऋण भुक्तानी अवधि फरक रहेको छ ।
| योजनाको वर्गीकरण | अनुदान रकम(%) | ऋण रकम(%) | व्याज दर (%) | स्थानिय सहभागिता(%) | ऋण भुक्तानी अवधि (वर्ष | ||
| सहुलियत अवधि | भुक्तानी अवधि | जम्मा | |||||
| सामाजिक पूर्वाधार | ८० | १० | ५ | १० | ५ | १५ | २० |
| शहरी सेवा सुविधाका पूर्वाधार | ६० | ३० | ५ | १० | ५ | १५ | २० |
| राजश्व वृद्धि हुने तथा व्यापारिक पूर्वाधार | ३० | ६० | ५ | १० | ३ | १२ | १५ |
लगानी नीति
नगरपालिकाले आयोजनाबाट प्राप्त गर्न सक्ने अधिकतम ऋण रकम नगरपालिकाको ऋण वहन गर्ने क्षमतामा भर पर्दछ तर यस कार्यक्रमका लागि उपलब्ध हुन सक्ने अधिकतम ऋण तथा लगानी रकम ऋण सम्झौतामा तोकिएको हुनाले नगरपालिकाको ऋण वहन गर्ने क्षमता भन्दा तोकिएको ऋण रकम कम भए पनि न.पा.लाई तोकिएको ऋण रकममा भने वृद्धि हुने छैन । नगरपालिकाको प्राथमिकतामा रही लगानीका लागि पेश भएका योजनाहरु प्राविधिक, आर्थिक तथा वित्तीय पक्षबाट सम्भाव्य र वातावरणीय तथा सामाजिक पक्षमा नकारात्मक प्रभाव नपर्ने वा पर्ने भएमा त्यस्ता प्रभाव सम्वोधन गर्ने योजना सहितको कार्यक्रम विश्व वैंकबाट स्वीकृति प्राप्त भएमा मात्र योजनाहरू लगानीका लागि योग्य हुनेछन् । यस क्षेत्र अन्तर्गत संचालन हुने योजनाहरूको आवश्यक लगानीको व्यवस्था नगर विकास कोषबाट हुनेछ । नगरपालिकाको ऋण वहन क्षमता तथा कार्यक्रममा विनियोजित कूल रकम निम्नानुसार रहेको छ ।
( रकम (रु.) दस लाखमा ) | ऋण वहन क्षमता (रु)* | विनियोजित अनुदान रकम (रु) | विनियोजित ऋण रकम (रु) | जम्मा रकम (रु.) |
| ३७.२७ | १२३.०८ | ६०.६० | १८३.६८ |
क्षेत्र ३. संस्थागत विकास
यस क्षेत्रको उद्देश्य नगरपालिका तथा आयोजना निकायहरूको संस्थागत क्षमता सुदृढीकरण गर्नु रहेको छ । यस अनुसार नगरपालिकाको शहरी व्यवस्थापन, योजना तर्जुमा, शहरी सेवा सुविधाको व्यवस्थापन, बजेट व्यवस्थापन, सम्पत्ति व्यवस्थापन, आफ्नै स्रोतको आम्दानी,सेवा प्रवाह, आयोजना व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन लगायतका विषयहरुमा नगरपालिकाका कर्मचारीहरु, नागरिक समाज तथा सम्वन्धित अन्य सरोकारवालाहरूको क्षमता अभिवृद्धि जस्ता कार्यक्रमहरु संचालन हुनेछन् । साथै नगरपालिका कार्यालयका लागि आवश्यक फर्निचर, उपकरण, आदिको व्यवस्था समेत गर्न सकिने छ ।


