Headlines

संचालित योजना विवरण

परियोजना अन्तर्गत छनौट भएका योजनाहरु मध्ये धनकुटा (विहिवारे हाट बजार र हिले हाट वजारको सुधार योजनाहरु निर्माणको चरणमा छन् ।
धनकुटा (विहिवारे) हाट बजार र हिले हाट वजारको सुधार योजना

योजनाको उद्देश्य
हाट वजारहरुको सुधार कार्यले एकातर्फ नगरवासीहरुलाई सहजरुपमा आवश्यक उपभोग्य बस्तुहरु उपलब्ध गराउन र ग्रामिण भेगका वासिन्दाहरुका लागि उत्पादनको बजार सुनिश्चित गरी जिवनस्तर सुधार गर्न सघाउने छ भने अर्कातर्फ सार्वजनिक स्थलहरुको संरक्षण गर्न समेत सहयोग पुग्नेछ ।
 
योजनाको विवरण
धनकुटा (विहिवारे हाट बजार
यस योजनाका मुख्य कार्यहरुमा ४ वटा स्थायी तथा ८ वटा अस्थायी पसल घर (सेड), २ वटा प्लेटफर्म,मन्दिर संरक्षण तथा मन्दिर अगाडिको खुल्ला क्षेत्रलाई पार्कको रुपमा विकास, ऐतिहासिक पाटीको जिर्णोद्धार,सार्वजनिक शौचालय निर्माण, पैदल मार्गमा ढुंङ्गा विछ्याउने, सतह ढल, पिउने पानी, विजुली बत्ती,पार्किङ्ग स्थल तथा अन्य पूर्वाधारहरुको निर्माण तथा सुधार कार्यहरु छन् ।

हिले हाट बजार
यस अन्तरगत ३ वटा स्थायी र ३ वटा अस्थायी पसल घर (सेड) तथा २ प्लेटफर्मको निर्माण, सिढी सुधार, सार्वजनिक शौचालयको निर्माण, पशु वधशाला तथा मासु पसलहरुको सुधार, बजार क्षेत्र भित्र पैदल मार्ग तथा सतह ढलको निर्माण, सडक वत्ती, खानेपानीको व्यवस्था, फोहर व्यवस्थापन, आदि जस्ता निर्माण तथा सुधार कार्यहरु गरिने छ ।
योजनाको कूल लागत ऋण तथा अनुदान
रकम रु दश लाखमा
योजनाको विवरण योजनाको नाम
धनकुटा हाट बजार सुधार हिले हाट बजार सुधार
लागत रकम (रु.) १७.८५ ३८.७०
अनुदान रकम (रु.) १४.२८ ३०.९६
ऋण रकम (रु.) १.७८ ३.८७
समपूरक कोष रकम (रु.) १.१८ ३.८७
भुक्तानी अवधि(बर्ष) २० २०
सहुलियत अवधि (बर्ष)
व्याज दर (%)
वार्षिक किस्ता रकम(रु)सहुलियत अवधि लिएमा यो रकम फरक पर्न जान्छ ०.१४ ०.३०
कार्यान्वयन अवधि (महिना) १५ १५