Headlines

संचालित योजना विवरण

परियोजनाअन्तरगत छनौट योजनामध्ये प्रवेशद्वार सौन्दर्यकरण तथा गोकुल मार्ग सुधार कार्यान्वयनको तहमा पुगिसकेको छ भने कृषि बजारको विस्तृत आयोजना प्रतिवेदन तयारीको कार्य प्रारम्भिक चरणमा छ ।
प्रवेशद्धार सौन्दर्यकरण
योजनाको उद्देश्य
यस योजनाको उद्देश्य नगरवासी तथा पर्यटकहरुलाई आकर्षित गर्न काँकडभिट्टा स्थित विद्यमान प्रवेशद्वारलाई स्थानीय पहिचान झल्कने प्रवेशद्वारका रुपमा रुपान्तरण (पुनःनिर्माण) गरी उक्त क्षेत्रको निर्मित वातावरणमा सुधार ल्याउने रहेको छ ।
 योजनाको विवरण
यस योजनाअन्तरगत विद्यमान प्रवेशद्वारको सौन्दर्यकरण, सडक पेटीको निर्माण, वृक्षारोपण, पैदल मार्ग मर्मत सुधारजस्ता कार्यहरु गरिनेछ । नेपाल र भारतको सिमा नजिकको यो प्रवेशद्वारले नेपाल भित्रिने पर्यटकलाई नेपालबारे संक्षिप्त जानकारी दिनुका साथै मेचीनगरको परिचय दिनेछ भने यस नाकाबाट बाहिरिनेका लागि पुनःआगमनको निम्तो पनि दिनेछ ।

 गोकुल मार्ग सुधार
 योजनाको उद्देश्य
यसैगरी ईटाभट्टास्थित गोकुल मार्गको उत्तरी तथा दक्षिणतर्फको केही भागको सडक सुधार गरी यस क्षेत्रका वासिन्दालाई राजमार्गसम्म तथा शहरी सुविधाको पहुँचमा सरलता ल्याउने तथा उक्त क्षेत्र तथा भेगका कृषि उत्पादनहरु सरलरुपबाट शहरी क्षेत्र तथा बजार पु¥याउने यस सडक सुधार योजनाको उद्देश्य रहेको छ । यसले गाउँ नगरको अन्तरसम्बन्ध स्थापना गरी आर्थिक कृयाकलापहरुलाई सदृढ गर्न सहयोग गर्नेछ ।

योजनाको विवरण
यस योजना अन्तर्गत गोकुल मार्गको उत्तरतर्फको २.५ कि.मी. तथा दक्षिणतर्फको २५० मी. लम्वाईसम्मको सडकको स्तरोन्नती, सडकको दुवैतर्फ सतह ढलको निर्माण गरिनेछ । ४.५ मी चौडाइको सडक सतहमा कालोपत्र, सतह ढल तथा एक कलभर्टको निर्माण हुनेछ । यस योजनाको कुल लागत रु. ६,४८,१९,५३२ रहेको छ र यो योजना शहरी पूर्वाधार शिर्षकअन्तर्गत रहेको हुँदा कुल लागतको ६० प्रतिशत रकम अनुदान तथा ३० प्रतिशत रकम ऋणको रुपमा प्राप्त हुनेछ भने बाँकी १० प्रतिशत रकम नगरपालिकाले समपूरक कोषका रुपमा राख्नु पर्नेछ । विद्यमान सडकको स्तरोन्नतिमात्र गर्न लागिएको हँुदा यस योजनाबाट सामाजिक तथा वातावरणीय पक्षमा खासै नकारात्मक असर नपर्ने देखिन्छ । तथापि वातावरणीय व्यवस्थापन योजना तर्जुमा गरी कार्यान्वयन गरिने हँुदा उक्त योजनामा वातावरणीय पक्षमा हुन सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण वा निवारण गरिने छ ।

योजनाको कूल लागत ऋण तथा अनुदान
रकम रु दश लाखमा
योजनाको विवरण योजनाको नाम
प्रवेश द्धार सुधार गोकुल मार्ग सुधार
लागत रकम (रु.) १३.२० ६४.८१
अनुदान रकम (रु.) २.९२ ३८.८९
ऋण रकम (रु.) ३.९६ १९.४४
समपूरक कोष रकम (रु.) १.३२ ६.४८
भुक्तानी अवधि(बर्ष) २० २०
सहुलियत अवधि (बर्ष)
व्याज दर (%)
वार्षिक किस्ता रकम(रु)सहुलियत अवधि लिएमा यो रकम फरक पर्न जान्छ ०.३९ १.९४
कार्यान्वयन अवधि (महिना) १५ १५