Headlines

आयोजना निर्देशकको संदेश

नेपालको सर्न्दर्भमा शहरी विकास, आवासको व्यवस्था र भवन निर्माणको सवालमा शहरी विकास तथा भवन निर्माण विभाग अग्रणी संस्थाको रुपमा रहेको छ । देशमा शहरी जनसंख्या प्रति वर्ष३.२५ का दरले बढिरहेको पर्रि्रेक्षमा दिगो शहरी विकास, सुलभ आवास तथा सुरक्षित भवन निर्माण अपरिहार्य बन्दै गएको छ । सरकारी भवन, आवास तथा शहरी विकासको क्षेत्रमा काम गर्ने गरी २०२० साल माघ १० गते तत्कालिन भवन विभागको स्थापना भएको देखिन्छ । तेश्रो पञ्चवषिर्य योजना -२०२१/०२६) बाट सरकारले आवास, शहरी योजना तथा भवन निर्माणको कामलाई प्राथमिकताका साथ आवधिक योजनामा राख्ने गरेको छ । यस विभागले २०७० साल भरी आफ्नो स्थापना कालको पचासौँ बर्षपार गरि स्वर्ण उत्सव मनाउन गइरहेको छ । "लौन गरौँ शहरको विकास, राम्रो बनाउँ भवन र आवास" भन्ने नाराका साथमा यो स्वर्ण उत्सव मनाउन लागिएको व्यहोरा अनुरोध गर्दछु । यसका साथै विभागले त्रिबषिर्य योजना -२०७०/७१ - २०७२/७३),सहरी विकास मन्त्रालयले तय गरेको दिर्घकालीन सोच " पूर्वधार तथा सेवा सुविधायुक्त, व्यवस्थित, सफा र सुन्दर शहर तथा वस्तीहरु"भन्ने अभियानमा समेत दृढताका साथ आफ्नो भूमिका र जिम्मेवारी निभाइरहेको छ । विभागको दिर्घकालीन सोच "दीगो शहरी विकास, सुलभ आवास तथा सुरक्षित भवन" लाई मुल्मन्त्र मानी यस विभागले मुलत शहरी विकास, आवास व्यवस्थापन तथा भवन निर्माणको काममा आवश्यक कानुनी संयन्त्रहरु क्रमशः राष्ट्रिय शहरी नीति २०६४, नगरविकास ऐन २०४५, राष्ट्रिय आवास नीति २०६८, संयुक्त आवासको स्वामित्व सम्बन्धी ऐन २०५४, नियमावली २०६० र कार्यविधि २०७० तथा भवन ऐन २०५५, नियमावली २०६६ र राष्ट्रिय भवन संहिता तथा विभिन्न निर्देशिकाहरु समेत जारी गरी कार्य गर्दै आइरहेको छ ।

सरकारी भवनहरुको निर्माण तथा निर्माण सामाग्रीहरुको चयन, गुणस्तर निर्धारण, भवन निर्माण प्रविधिको विकासमा यस विभागले उल्लेख्य उपलब्धि प्राप्त गरेकै आधारमा स्वास्थ्य सम्बन्धी भवन, अदालत, कारागार भवन आदी सरकारी भवनहरुको डिजाइन, सुपरभिजन तथा निर्माण कार्य गर्दै आइरहेको छ । विभागले तीन महाशाखाहरु क्रमशः शहरी विकास, आवास र भवन लगायत देशका २४ वटा डिभिजन कार्यालयहरु, भवन निर्माण संभार डिभिजन तथा भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र समेत बाट आफ्नो नियमित कार्य गर्दै आइरहेको छ । यसका अतिरिक्त विभिन्न आयोजनाहरुको माध्यम बाट समेत भवन, आवास तथा शहरी विकासको कार्यलाई निरन्तरता दिइरहेको छ । यस विभागले एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा विगतमा नौ वटा नगरपालिकाहरु क्रमशः विदुर, भरतपुर, हेटौडा, रत्ननगर, कमलामाई, बनेपा, धुलिखेल, पनौती तथा काठमाण्डौ महानगरपालिकामा शहरी तथा वातावरणीय सुधार आयोजना संचालन गरेको थियो भने हाल देशका छ वटा नगरपालिकाहरु क्रमशः विराटनगर उप-महानगरपालिका, विरगंज उप-महानगरपालिका, बुटवल, बनेपा, धुलिखेल तथा पनौतीमा मझौला शहर एकीकृत शहरी वातावरणीय सुुधार आयोजना र देशका चार वटा नगरपालिकाहरु क्रमशः धरान, जनकपुर, सिर्द्धार्थनगर र नेपालगंजमा एकीकृत शहरी विकास आयोजना संचालनमा ल्याइरहेको छ । यसका साथै विश्व बैंकको सहयोगमा देशका छ वटा नगरपालिकाहरु क्रमशः मेचीनगर, इटहरी, धनकुटा,बाग्लुङलेखनाथ र तानसेनमा शहरी शासकीय सुधार कार्यक्रम समेत संचालन गरिरहेको छ ।

२१ औँ शताब्दी संचार र आधुनिक प्रविधिकायुग भएकोले विभागले पनि विभाग तथा मातहतका कार्यालयहरुको क्रियाकलाप तथा सूचनाहरु वेभसाइटको माध्यमबाट आम जनमानस समक्ष उपलब्ध गराउँदै आइरहेको छ । विभागले आफ्नो कार्य क्षेत्र सँग सरोकार रहेका प्रत्येक विषय वस्तुलाई आम जनसमुदाय समक्ष पारदर्शी रुपमा राखी आफ्नो कार्यलाई अझ बढि प्रभावकारी तथा सक्षम बनाउन चाहिरहेको यथार्थ यहाँहरु समक्ष राख्न चाहन्छु । अन्तमा यस वेभसाइटको माध्यमबाट यहाँहरुलाई विभाग सम्बन्धी केही जानकारी गराउन खोजिएको र यसै मार्फ आम जनमानस समक्ष रचनात्मक सुझाब समेतको अपेक्षा गरिएको व्यहोरा अनुरोध छ ।

आयोजना  निर्देशक